गण्डकीकाे मुख्यमन्त्रीमा खगराज नियुक्त, कांग्रेसकाे आपत्ति

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०८०
खगराज

पोखरा । गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आज आइतबार मुख्यमन्त्रीमा  नियुक्त गरेका छन् । संविधानको धारा १६८ को उपधार २ अनुसार अधिकारीलाई नियुक्त गरिएको हो ।

संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरेको भन्दै  नेपाली कांग्रेस संसदीय दल गण्डकीले भने आपत्ति जनाएको छ ।
बहालवाला सभामुखलाई समेत गणना गरेर ३१ जना पुगेको भनेर गरिएको दाबी संविधान विपरीत रहेको दाबी दलका नेता सुरेन्द्रराज पाण्डेले गरेका छन् । दलका तर्फबाट प्रदेशप्रमुखलाई सोही अनुसारको ध्यानाकर्षण पत्र समेत बुझाइएको थियो  ।

अधिकारीले दीपक मनाङे समेतकाे समर्थनमा ३१ जना सांसदको समर्थन रहेको भन्दै सरकार गठनका लागि आजै दाबी गरेका थिए । जसमा एमालेका २२ माअाेवादी सभामुखसहित ८ र मनाङे १ जना छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width