एसियन लाइफको वार्षिकोत्सवमा स्टेसनरी वितरण

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०८०
asian life

पोखरा । एसियन लाइफ इन्स्योरेन्सको १६ औं वार्षिकोत्सवका अवसरमा पोखरा महानगरपालिका ३२ स्थित चन्द्रज्योति आधारभूत विद्यालयमा बुधबार स्टेसनरी वितरण गरिएको छ ।

नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशव दाहालले विद्यार्थीहरुलाई स्टेसनरी हस्तान्तरण गरे । इन्स्योरेन्सका सहायक महाप्रवन्धक लोकराज जोशीका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेशका सबैजसो शाखाहरुमा सेवामूलक कार्यक्रम गरेर वार्षिकोत्सव मनाइएको छ ।

साथै विभिन्न ठाउँमा सचेतनामूलक प्रभातफेरी समेत गरिएको पोखरा शाखा प्रबन्धक बद्री पौडेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width