धादिङ त्रिपुरा वाराही महिला समूहको सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०८०
tripura-barahi

पोखरा । धादिङ त्रिपुरा बाराही महिला समूहले पोखरा १२ काहुँभञ्ज्याङस्थित मदर टेरेसा होममा आश्रित ज्येष्ठ नागरिकलाई सहयोग गरेको छ । समूहकी अध्यक्ष बबिता मल्ल इटनीको नेतृत्वमा मंगलबार होममै पुगेको टोलीले कपडा, खाद्यान्न र फलफूल सहयोग गरेको हो ।

सबै सामग्री ३५ हजार रुपैयाँ बराबरको रहेको अध्यक्ष मल्लले बताइन् । स्थापना दिवसको अवसर पारेर उक्त सहयोग गरिएको समूहकी सहकोषाध्यक्ष एवं कार्यक्रम संयोजक रेञ्जु थापाले बताइन् ।
समूहकी अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव रचना अधिकारीले गरेकी थिइन् । समूहले स्थापनाकालदेखि नै यस्तो प्रकारको रचनात्मक कार्य गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width