वाराहीघाटमा भेट्रान फुटबल सुरु

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०८०
krishna memorial

पोखरा । पूर्व फुटबल रेफ्री कृष्ण गिरीको सम्झनामा वाराहीघाटमा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ ।

बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको संयुक्त आयोजनामा सुरु कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगितामा मालेपाटन एफसीले विजयी सुरुवात गरेको छ । लेकसाइड सेतोलाई १–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो खेलमा एनए भेट्रान्स लेकसाइडले टेन इलभेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित ग¥यो । तेस्रो खेलमा सविन मेमोरियलले बागलुङ सुधार केन्द्रलाई २–१ गोल अन्तरले हरायो । चौथो खेलमा एटटु नाइन एफसीले गार्डेन एफसीलाई २¬–१ गोल अन्तरले हरायो । अन्तिम खेलमा लेकसाइड पहेंलोले न्यू एयरपोर्टलाई २–० गोल अन्तरले हरायो ।

खेल संयोजक विषम पहारीका अनुसार बिहीबार क्वाटरफाइनका ४ खेल सञ्चालन हुनेछन् ।

पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले प्रतियोगिता उद्घाटन गर्दै नेपाल ट्रस्टको मैदानलाई महानगरको स्वामित्वमा ल्याउन पहल भइरहेको बताए । विभिन्न खेलकुद प्रतियोगिताका लागि उपयुक्त मैदान भएकाले महानगरको स्वामित्वमा ल्याउने र वडाले निगरानी राख्ने गरी पहलकदमी भइरहेको दोहो¥याए ।

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुच्छेले स्व. गिरीको खेलकुद क्षेत्रमा योगदान गरेको स्मरण गरे । ‘स्वर्गीय कृष्ण गिरी सानैदेखि खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो,’ विजुच्छेले भने, ‘४० वर्ष

अगाडि लेकसाइडको विकासमात्रै नभएर खेलकुदको विकासका निम्ति पनि उहाँको भूमिका महत्वपूर्ण छ ।’

९ चैतमा हुने फाइनलमा विजेताले १ लाख १ हजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १११ रुपैयाँ, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् । अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा १४ टिमले भाग लिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width