एलसी ब्रदर्श फाइनलमा

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०८०
Surye-Tara-Cup-Semi-Final

लेखनाथ । सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा जारी सूर्यतारा (नेकोस) खेल महोत्सव अन्तर्गत फुटबलतर्फ एलसी ब्रदर्श लामाचौर फाइनल प्रवेश गरेको छ ।

बुधबार सेमिफाइनलमा आरएसलाई सडक डेथमा हराउँदै उपाधि नजिक पुगेको हो । दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

बुधबार नै सम्पन्न अन्तिम क्वाटरफाइनलमा सहारा क्लबले विष्णुपादुकालाई २–० गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । बिहीबार हुने दोस्रो सेमिफाइनलमा आदर्श युवा क्लब र सहारा युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आदर्श युवा क्लबले क्वाटरफाइनलमा अन्नपूर्ण गाउँपालिकालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

विजेता टिमले ३ लाख ३ हजार ३३३ र उपविजेताले १ लाख ७७ हजार ७७७ सहित सिुल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७७७ पुरस्कार प्रदान गरिनेछ ।

गत ३ चैतदेखि सुरु महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दो, खुल्ला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्लास्तरीय विद्यालयस्तरीय नृत्य प्रतियोगिता र संघसंस्थास्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समावेश छ ।

खेलकुद माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय ख्याति स्थापित गर्दै खेलकुद क्षेत्रको समग्र संस्थागत विकास एवं गण्डकी प्रदेशमा विभिन्न खेल अभियान सञ्चालन गर्दै पर्यटन प्रवद्र्धनका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना क्लब अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पुनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै