पोखराको काहुँडाँडामा भीषण आगलागी

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०८०
aagalagi

पोखरा, ६ चैत । पोखराको काहुँडाँडामा भीषण आगलागी हुँदा मानव बस्ती जोखिममा परेको छ ।

पोखरा ११, काहुँडाँडाको बतासे भन्ने जंगलमा सोमबार राति साढे ८ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन । जसका कारण स्थानीय भरत आचार्य लगायतको घर जोखिममा परेको स्थानीय दामोदर आचार्यले जानकारी दिए ।

वडाध्यक्ष प्रेम कर्माचार्यका अनुसार मणिपाल शिक्षण अस्पतालदेखि केही माथिको जंगलमा आगलागी भएको र नियन्त्रणमा दमकल पुगेको भए पनि बाटोका कारणले समस्या भएको छ ।

नेपाली सेना र प्रहरीको टोली त्यस स्थानमा पुगेको छ । आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width