दीपक मनाङेलाई भाैतिक मन्त्रालय

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०८०
dipak-manage1678951534

पोखरा । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई भौतिक मन्त्रीको रुपमा सपथ गराउन प्रदेश प्रमुखलाई पत्र पठाएका छन् ।

आजै दिउँसो साढे ३ बजे मनाङेको सपथ छ । यसअघि माओवादीको कोटामा रहेको भौतिक मन्त्रालय अब मनाङेलाई दिन लागिएको हो । यस्तै रिक्त रहेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृषि मन्त्री महेन्द्रध्वज जिसीलाई दिइएको छ ।

दुवै मन्त्रालयमा यसअघि माओवादीका मन्त्रीले नेतृत्व गरेका थिए । केन्द्रीय समिकरण फेरिएपछि दुवैजनालाई मुख्यमन्त्री पाण्डेले बर्खास्त गरेका हुन् । लगत्तै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । चैत २१ भित्र पाण्डेले विश्वासको मत लिनुपर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width