दीपक मनाङेले त्यागे दलीय आबद्धता, गण्डकीको राजनीतिमा नयाँ तरंग

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०८०
rajib gurung

पोखरा । गण्डकीको संसदीय राजनीतिमा चर्चित नाम हो राजीव गुरुङ अर्थात दीपक मनाङे । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार गिराएर कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार बनाउने अंकगणितमा उनी मुख्य पात्र थिए । त्यतिबेला स्वतन्त्र विजयी मनाङे एमालमा प्रवेश गरेको भनिए पनि संसद सचिवालयमा सूचना दर्ता नगरेकै कारण गुरुङ सरकार चुकेको थियो ।

अहिले पनि स्वतन्त्र निर्वाचित उनी माधव नेपाल नेतृत्वको पार्टीमा आबद्ध भएका थिए । दोस्रो कार्यकालका लागि सरकार गठन हुँदा खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका उनले विश्वासको मत भने दिएनन् । सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार गठन भएपछि मन्त्रीको आशामा बसेका मनाङेको इच्छा त्यतिबेला पनि पूरा भएन ।

उनै मनाङेले आइतबार गण्डकी प्रदेश सभामा दलीय आबद्धता त्यागेको पत्र दर्ता गरेसँगै गण्डकीको राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ । सरकार गठनको तयारीमा जुटेको एमालेलाई यो राजनीतिक घटनाले धक्का दिने अनुमान सुरु भएको छ । एमालेको तयारी अनुसार अबको १९ दिनपछि पाण्डे नेतृत्वको सरकारले सदनबाट विश्वास गुमाएपछि नयाँ सरकार गठन हुनेछ ।

माओवादीसँगको गठनबन्धनलाई पक्का बनाउन राप्रपाका २ मत गनेर एमाले बसेको छ । मनाङेको यो कदमले एमालेमा चस्का पसेको छ । उता राप्रपाले पनि कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई नै विश्वासको मत दिने सम्भावनालाई यसले थप बल पु¥याएको छ ।

बिना कारण र अनयासै केन्द्रमा फेरिइ रहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै गण्डकीमा त्यस किसिमको परिस्थिति सिर्जना हुन नदिन आफू सधैं प्रतिवद्ध रहेको मनाङेले उल्लेख गरेका छन् । केन्द्रकै गठबन्धन गण्डकीमा कायम उनले भनेका छन्, ‘रहँदा पनि एमाले माओवादी गठबन्धनलाई बहुमत पु¥याउन सहज अवस्था देखिँदैन । त्यसो हुँदा मौजुदा गण्डकी प्रदेश सभा विघटन हुने र मध्यावधिमा जान सक्ने खतरा देखिन्छ ।’

आफू मध्यावधिमा चुनाव गरेर देशको ढुकुटी सक्ने कुराको विपक्षमा रहेको र अघिल्लो प्रदेश सभामा पनि विपक्षमै उभिएको उनको तर्क छ । ‘त्यसैले आफू स्वतन्त्र रुपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेश सभा सचिवलाई निवेदन पेस गर्नुभएको छ,’ उनको सचिवायले भनेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width