रसुवा केन्द्रबिन्दु भएर भूकम्प

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०८०
earthaquake-bhukampa

पोखरा । रसुवामा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । जुरेढुंगा आसपास केन्द्रविन्दु भएर बिहान ९ बजेर ४४ मिनेट भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४ म्याग्निच्युडको भूकम्प गएको मापन गरेको छ ।

केन्द्रका अनुसार यो धक्का ०७२ सालको विनाशकारी गोरखा भूकम्पकै परकम्प हो । गोरखा भूकम्पका चार म्याग्निच्युडदेखि माथिका हालसम्म ५ सय ९६ परकम्प मापन गरिएको केन्द्रले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width