लायन्स आदर्श चौतारीको सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र १, २०८०
adarsha chautari

पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले मंगलबार मानव सेवा आश्रम हेमजामा खाद्यान्न सामग्री सहयोग गरेको छ ।

त्यहाँ आश्रित १ सय २६ जनाको लागि करिब ३२ हजार रुपैयाँ बराबरको दैनिक आवश्यक खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक दीपककुमार गुरुङले बताए ।

डिस्ट्रिक्ट ३२५ आइका प्रथम भाइस गभर्नर विनोद ढुंगानाले कार्यक्रमको उद्घाटन गर्दै मानवीय सेवामा लायन्सको सहयोग उदाहरणीय रहेको बताए।

क्लब अध्यक्ष दामोदर आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष वसन्तराज कोइराला, मानव सेवा आश्रम जिल्ला संयोजक सदिस पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष सूर्य पोख्रेल र सञ्चालन सचिव दीपकप्रसाद घिमिरेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…

hero news full width