जनता सहकारीको अन्तर्क्रिया

आदर्श समाज सम्वाददाता
फागुन २९, २०८०
janata sahakari

पोखरा । पोखरा ३०, पावरहाउसस्थित जनता बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा अन्तक्र्रिया एवं पुर्नताजगी कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष विश्व लामिछानेको अध्यक्षतामा स्याङ्जा रामकोटमा २ दिनसम्म भएको सो कार्यक्रममा संस्थाको वर्तमान अवस्था, आर्थिक गतिविधि एवं आगामी कार्ययोजना र रणनीतिबारे छलफल भएको थियो ।

संस्थाका सञ्चालक समिति, उपसमिति एवं कर्मचारीबीचको अन्तक्र्रियामा वरिष्ठ सल्लाहाकारद्वय विश्वमोहन पौडेल, शोभामोहन पौडेल, कानुनी सल्लाहकार फणिन्द्र कोइराला, निर्वतमान अध्यक्ष कुलबहादुर रानाभाट, उपाध्यक्ष सनबहादुर गुरुङ (कालु), कोषाध्यक्ष प्रेम बस्यौलाले बोलेका थिए ।

संस्थाको वर्तमान अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्दै कार्यालय प्रमुख सरस्वती शाहीले संस्थाको आर्थिक अवस्था मजबुद रहेको बताइन् ।

संस्थाका अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भरत ओझाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width