सर्वोत्कृष्ट विद्यालय मदरल्याण्ड र विन्ध्यवासिनीलाई सम्मान

आदर्श समाज सम्वाददाता
फागुन २७, २०८०
429797293_301963752631753_7706292178010302371_n

पोखरा। मदरल्याण्ड मावि र विन्ध्यवासिनी माविलाई उत्कृष्ट विद्यालयरुपमा सम्मान गरिएको छ । पोखरा महानगरपालिकाले महानगरको सातौं स्थापना दिवस अवसरमा शनिबार निजीतर्फ मासबारस्थित मदरल्याण्ड र सामुदायितर्फ बाटुलेचौरस्थित विन्ध्यवासिनीलाई सम्मान गरेको हो । सोही अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले नगदसहित छुट्टै सम्मान गर्‍यो ।

गत वर्षको एसइईमा ५० भन्दा बढी परीक्षार्थी सम्मिलित गराई औषत जिपिए सबैभन्दा बढी ल्याएकोमा सम्मान गरिएको पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्री सुवेदीले जानकारी दिए । गत वर्ष मदरल्याण्डले १ सय ५१ र विन्ध्यवासिनीले ७९ विद्यार्थी सम्मिलित गराएका थिए । नतिजामा मदरल्याण्डको औषत ३ दशमलब ४८ र विन्ध्यवासिनीले ३ दशमलब १८ जिपिए छ ।

शैक्षिक गुणस्तर मापन केन्द्र भक्तपुरको विभिन्न सूचक आधार सर्वेक्षणमा विन्ध्यवासिनी गत वर्ष देशमै सर्वोत्कृष्ट विद्यालय हो । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले यसपालि असारमा देशका उत्कृष्ट २१ विद्यालयबीच सर्वेक्षणमा भने विद्यालय दोस्रो भएको प्रध्यानाध्यापक कृष्णप्रसाद आचार्यले बताए ।

सर्वोत्कृष्ट भएकोमा मदरल्याण्डमा कक्षा १० पढाउने २१ र विन्ध्यवासिनीका १३ जना शिक्षकहरु सम्मानित भए ।

समारोहमा शैक्षिक गुणस्तर केन्द्रको मापनमा उत्कृष्ट ठहरिएका सामुदायिकतर्फ विन्ध्यवासिनीसहित इन्द्रराज्यलक्ष्मी, शीतला र महेन्द्र मावि, भलामलाई पनि सम्मान गरिएको थियो ।

एकपछि अर्को सम्मानमा मदरल्याण्डकै प्रतिनिधि स्टेज चढेको देखिन्थ्यो ।

समारोहमा २५ वर्षभन्दा बढी पढाएका सामुदायिकतर्फ १ सय ५० जना शिक्षक तथा संस्थागततर्फ ४१ जना शिक्षकलाई दीर्घसेवा पदक प्रदान गरियो । जसमा  मदरल्याण्डका ८ र विन्ध्यवासिनीका ३ छन् ।

यस्तै, कक्षा ८ को जिल्लास्तरीय परीक्षामा सर्वाधिक ४ जिपिए ल्याउने ५८ जना (संस्थागततर्फ) र ५१ जना (सामुदायितर्फ) विद्यार्थी पनि सम्मानित भए ।

गत वर्ष कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याई नेपालै प्रथम हुन सफल मदरल्याण्डका ३ जना विद्यार्थी राजेश पौडेल (व्यवस्थापन संकायतर्फ) तथा कृतिका थापा र जीवन अधिकारी (विज्ञान संकायतर्फ) लाई सम्मान गरियो । उनीहरु सबैले बोर्ड परीक्षामा ३ दशमलब ९६ जिपिए ल्याएका हुन् ।

एसइई २०७९ मा कास्की जिल्ला प्रथम हुने ३ विद्यार्थी सम्मानित भए । ४ जिपिए ल्याएका उनीहरुमा मदरल्याण्डका जोन राना र सुदेश आचार्य तथा फिस्टेलकी प्रनिशा तुलाचन हुन् ।

महानगर प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा भएको समारोहमा प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा लगायतले पुरस्कृत गरे । शिक्षा दिवसको दिन हुने सो कार्यक्रम शिक्षक आन्दोलनका स्थगित थियो ।

पोखरा सभागृहमा भएको सम्मान समारोहमा मदरल्याण्ड हावी थियो । एकपछि अर्को सम्मानमा मदरल्याण्डकै प्रतिनिधि स्टेज चढेको देखिन्थ्यो । विभिन्न विधामा सम्मानित भएकोमा खुसी लागेको सम्मानपछि विद्यालय प्राचार्य नारायण बरालले बताए । मदरल्याण्डमा नर्सरीदेखि १२ सम्म हाल २६ सय विद्यार्थी पढिरहेको प्लस टु इन्चार्ज नारायणप्रसाद आचार्यले बताए ।

पोखरामा सामुदायिक २ सय ३ र निजी २ सय ४७ विद्यालय छन् । दुवैतर्फ गरी करिब १ लाख ३५ हजार विद्यार्थी पढ्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै