संस्कृत माविमा शिवपूजन, सम्मान तथा छात्रवृत्ति वितरण

आदर्श समाज सम्वाददाता
फागुन २६, २०८०
sanskrit mavi

पोखरा । संस्कृत मावि, भीमकालीपाटन, पोखरामा स्थापित यस क्षेत्रकै अग्लो तथा ठूलो ज्ञानेश्वर शिवपाञ्चायन मन्दिरमा शुक्रबार विधिपूर्वक विशेष शिव पूजन, सम्मान तथा छात्रवृत्ति वितरण गरिएको छ ।

शिवरात्रि अवसरमा भएको कार्यक्रममा पोखरा वडा १ ले विद्यालयका १७ विपन्न विद्यार्थीलाई सुनौलो शिक्षाअन्तर्गत जनही ५ हजार दरले ८५ हजार सहयोग गरेको छ । यस्तै, अन्य अक्षयकोषदाताबाट प्राप्त छात्रवृत्ति ३९ जनालाई वितरण गरियो ।

कार्यक्रममा विद्यालयका सहयोगदाता जवाहरलाल श्रेष्ठ, टंकनाथ पौडेल, ईश्वरीप्रसाद बास्तोला, चक्रपाणि सुवेदी, कल्पना आचार्य बास्तोला, क्याप्टेन हितकाजी गुरुङ, ओमकार श्रेष्ठ, हिमचुली पराजुली, जमुना शाही ठकुरी, एन प्याब्सन कास्कीका राजु केसी, गणेशप्रसाद सुवेदी, भगवती बञ्जरा लगायतलाई सम्मान गरिएको थियो ।

त्यस्तै शिक्षक गोविन्दप्रसाद अधिकारीलाई उत्कृष्ट शिक्षक, देवी नेपालीलाई उत्कृष्ट कर्मचारी र विद्यार्थी सौरभ पौडेललाई विशेष प्रतिभाशाली विद्यार्थीका रुपमा सम्मान गरिएको थियो ।

वडाध्यक्ष शाहारा प्रधानले संस्कृत मावि यस क्षेत्रकै पहिचान र ईतिहास भएता पनि हालसालै मात्रै चर्चामा आउन थालेको बताए ।

विद्यालयको सर्वाङ्गीण विकासमा बर्तमान व्यवस्थापन समितिको योगदान विशिष्ट रहेको उल्लेख गर्दै उनले विद्यालयको वृत्तिविकासमा महानगरपालिकाको समेत ध्यान जाने बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद अधिकारीले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको साथ र सहयोग लिएर विद्यालयलाई गुणस्तरीय संस्कृत शिक्षाको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ श्रीकृष्ण सिग्देल, सहायक प्रअ कलादेवी बराल, जग्गादाता माधव पराजुली, एन प्याब्सन कास्कीका कोषाध्यक्ष राजु केसी, सहयोगदाता हितकाजी गुरुङ, जवाहरलाल श्रेष्ठ, राष्ट्रिय मावि व्यवस्थापन समिति अध्यक्ष रामविक्रम राणा, पोखरा २ का सदस्य गोमा सुवेदी लगायतले बोलेको विद्यालयका सूचना अधिकारी श्रीकान्त सापकोटाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width