माछापुच्छ्रे महिला क्लबलाई ललित गौतम समाजसेवा सम्मान

आदर्श समाज सम्वाददाता
फागुन २३, २०८०
lalit gauchan

पोखरा । ललित गौचन स्मृति समाजसेवा सम्मान यस वर्ष पोखरा ७ स्थित माछापुच्छ«े महिला क्लबलाई प्रदान गरिएको छ । फोहोरमैला व्यवस्थापन र वातावरण सरसफाइ अभियानमा सक्रिय र उदारणीय कार्य गरेको भन्दै नागरिक समाज पोखराले हरेक वर्ष प्रदान गर्दै आएको उक्त सम्मान यसपालि क्लबलाई प्रदान गरिएको हो ।

सम्मान अर्पण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामूहिक प्रयासले मात्र पोखरालाई सफा, सुन्दर र हरियाली बनाउन सकिने बताए । उनले समाजलाई सुसंस्कृत बनाउन अहिले विद्यमान निराशा र अराजकतालाई सकारात्मक प्रयासमार्फत निर्मूल पार्नुपर्नेमा जोड दिए । पोखरालाई हरित सहररुपमा विकास गर्न लागिएको स्पष्ट पार्दै उनले वातावरण, पर्यावरणमैत्री बनाउन खोजेको बताउँदै घरमा हरियो रङ पोत्ने पोखरा महानगरले कही कतै निर्णय नगरेको स्पष्ट पारे ।

पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले आफ्नो वडाको क्लब सम्मान भएकोमा खुसी व्यक्त गर्दै ललित गौचनसँग लामो समयसम्म आफू पनि जोडिएर काम गरेको स्मरण गरे । मासबार आमा समुहका अध्यक्ष शारदा गिरीले सुरुआति दिनमा स्व. ललित गौचनसँग जोडिएर पोखरा ७ मा थुपै्र सामाजिक कार्य गरेको बताए । व्यक्ति विशेषलाई दिँदै आएको सम्मान यस वर्षबाट सक्रिय संस्थालाई दिनु सकरात्मक भएको जनाए ।

सम्मानित संस्था माछापुच्छ्रे महिला क्लब अध्यक्ष गीता पौडेलले सम्मानले आफ्नो क्लबलाई थप ऊर्जा मिलेको बताइन् । फोहोरलाई मोहर बनाउन महानगरपालिका र वडाले सहयोग गरे थप सक्रियका साथ फोहोर मैला व्यवस्थापनमा लाग्ने जनाइन् ।

नागरिक समाज कास्की संयोजक नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सम्मान कार्यक्रम संयोजक विष्णुहरि अधिकारीले गरे । उनले सम्मानित संस्थाको परिचय पनि दिए । कार्यक्रम सञ्चालन समाजका प्रवक्ता गोकुलबहादुर कार्कीले गरेका थिए ।

ललित गौचनको स्मृितमा स्थापित समाजसेवा सम्मानबाट यसअघि प्रभा पन्त, गिरिराज अधिकारी, विश्वरत्न शाक्य, इन्द्र गुरुङ, शिवमाया श्रेष्ठ, विष्णुप्रसाद गुरुङ, दिलीपराज श्रेष्ठ र सन्ध्या गुरुङ तुलाचन सम्मानित भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…
  • छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    बलेवा (बागलुङ) ।  छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी…
  • नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू   

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    गलकोट (बागलुङ) । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने…
  • जनजागृति आमा समूहमा शान्ति

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । जनजागृति आमा समूह, पोखरा १९ पुरूञ्चौरको २७ औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न…

hero news full width

Recent Posts

भर्खरै