घनश्यामलाई ओटेफको सम्मान

आदर्श समाज सम्वाददाता
फागुन १६, २०८०
otef

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले पत्रकार घनश्याम पाण्डे सम्मान गरेको छ । पत्रकारिता माध्यमबाट पर्यटन विकासमा योगदान दिएकोमा उनलाई नगदसहित सम्मान गरिएको ओटेफ अध्यक्ष उमा रेग्मी भण्डारीले बताइन्।

बुधबार संस्थाको छैटौं साधारणसभामा अवसरमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाण्डेलाई नगदसहित सम्मान प्रदान गरे । प्रेस सेन्टर नेपाल गण्डकीका वरिष्ठ उपाध्यक्ष पाण्डे पर्यटन पत्रकार महासंघ गण्डकीको महासचिव समेत हुन् । दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील उनी हाल पोखरा टेलिभिजनमा समाचार प्रमुख रुपमा कार्यरत छन् ।

समारोहमा मेयर आचार्यले गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरालाई आगामी चैत पहिलो साता पर्यटकीय राजधानी घोषणा गरिने तयारी गरिएको बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकीका नि. प्रमुख नवीन पोखरेल, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, ओटेफ संस्थापक अध्यक्ष जमुना पराजुली, पर्यटन व्यवसायी वासु त्रिपाठी, ओटेफ अध्यक्ष भण्डारी, निवर्तमान अध्यक्ष पार्वती पाण्डे, सचिव बालकुमारी न्यौपानेलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै