अल्फा बोडिङ स्कुलको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १३, २०८०
Alpha school.docx1

पोखरा । अल्फा बोर्डिङ स्कुल पोखरा– १६, लामाचौरको ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । कार्यक्रम उद्घाटन गर्दै शिक्षा विकास समवन्य इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले व्यावहारिक र संस्कारयुक्त शिक्षाले नै समाजलाई असल मार्गमा डोर्‍याउने बताए ।

विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले वार्षिक प्रतिवेदन पेस गर्दै विद्यालयले विद्यार्थीका लागि व्यावहारिक शिक्षालाई पहिलो प्राथामिकतामा राखेको दाबी गरे । कार्यक्रममा विद्यालयले दीर्घ सेवा पदकबाट विद्यालयमा दुई दशकदेखि कार्यरत शिक्षक सरीता गुरुङलाई नगदसहित सम्मान र एसइई टपर प्रवेश बुढामगर, उत्कृष्ट विद्यार्थी सुनिला थापा, भूपू विद्यार्थी डा. किरण आचार्य, एमबिबिएसमा नाम निकाल्न सफल विनय आचार्यलाई सम्मान गरेको छ । खेलकुद तथा शैक्षिकतर्फ २ सय ६० जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, नवआर्दश सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारी, पूर्व अध्यक्ष नविन भण्डारी, व्यवस्थापन समितिका सदस्य चित्र राना, प्राचार्य भण्डारी, विद्यालयका कार्यकारी निर्देशक दीपक गुरुङ, संस्थापक सदस्य सफल बम्जन, लगायत उपस्थित थिए । विद्यालयमा कक्षा बाल विकासबाट १० सम्म करिब ६ सय विद्याथी अध्ययनरत र पूर्ण तथा आंशिक गरी ५० शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width