पिसिएममा ग्राजुएसन समारोह

आदर्श समाज सम्वाददाता
फागुन १०, २०८०
pcm

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टबाट स्नातक तहमा दीक्षित विद्यार्थीहरुको ग्राजुएसन समारोह सम्पन्न भएको छ । समारोहमा बिबिए र बिसिआइएस विषय अध्ययनरत कलेजका ८३ जना विद्यार्थीहरुलाई कलेजले सम्मान गरेको थियो ।

समारोहलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विद्यार्थीहरुलाई बधाईका साथै उज्जवल भविष्यको कामना गर्नुभयो । साथै डिन ढकालले धेरै ग्रेड प्राप्त गर्दैमा अत्यन्तै उत्साहित र थोरै ग्रेड प्राप्त गरेकोमा हतोत्साहित नहुन समेत विद्यार्थीहरुलाई आग्रह गरे । विशिष्ट अतिथि प्राध्यापक चन्द्रा भद्राले विद्यार्थीहरुको असली परीक्षा अब सुुरु भएको विचार राख्नुभयो ।

कार्यक्रममा कलेजका तर्फबाट डिन लिस्टमा पर्न सफल कलेजका विद्यार्थीहरु मनिषा पोख्रेल, प्रविणा सुवेदी र पुजा राजभाटलाई कलेजले विशेष सम्मान गरेको थियो । कलेजले हालसम्म १७ ब्याच बिबिए र २ ब्याच बिसिआइएस अध्ययनरत विद्यार्थीहरु उत्पादन गरिसकेको छ । कुल ११ सय बढी विद्यार्थीहरु उत्पादन गरिसकेको कलेजले १०० बढी डिन लिस्ट र एक दर्जन उपकुलपति पदक र लक्ष्मी विद्या पदक प्राप्त गरिसकेको कलेजको प्राचार्य लिना नेगी श्रेष्ठले बताइन् ।

कार्यक्रममा बिबिए कार्यक्रम संयोजक मनोज श्रेष्ठ, बिसिआइएस कार्यक्रम संयोजक हरिप्रसाद बराल, सम्मानित विद्यार्थीहरुको तर्फबाट मनिषा पोख्रेलले समेत आफ्नो भनाइ राखेका थिए ।

कलेजका व्यवस्थापन, दीक्षित विद्यार्थीहरुका अभिभावक, प्राध्यापक तथा कर्मचारीहरु समेत सहभागी कार्यक्रम कलेजका अध्यक्ष प्राडा टंकनाथ शर्मा तिमिल्सिनाको सभाध्यक्षता तथा उप प्राध्यापक दीपेन्द्र पहारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव…
  • माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बमबहादुर गुरुङ चयन भए । विद्यालयमा…
  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…

hero news full width