काहुँ आविकोे ५५ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन ९, २०८०
kahun-school-pokhara

पोखरा । पोखरा ११ काहुँडाँडास्थित काहँु आधारभूत विद्यालयको ५५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै पोखरा शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले सामाजिक पवित्रस्थल शिक्षालय भएकाले कला र क्षमताको विकास गराएर विद्यार्थीको भविष्य उज्ज्वल बनाउनुपर्नेमा जोड दिए ।

पोखरा–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले विद्यालयको शैक्षिक एवं भौतिक जग बलियो बनाउन आफू क्रियाशील भएको बताए । उनले बालमैत्री फर्निचर छिटोभन्दा छिटो वडाबाट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

विद्यार्थीलाई ५५ जोर न्यानो कपडा वितरण गर्दै समाजसेवी उर्मिला बस्नेतले आफूले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाइन् । उनले आफू तीर्थबहादुर बस्नेतको परिवारमात्र नभई समाजसेवामा पतिले देखाएको पवित्र कार्यमा हातेमालो गर्दै विद्यालयको हितमा अघि बढ्ने बताइन् । सो अवसरमा बलराम घिमिरेको समन्वयमा विद्यार्थीलाई जुत्ता र मोजासमेत हस्तान्तरण गरियो ।

समाजसेवी तारादेवी पहारीले आफ्ना पति एवं विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गा पहारीको स्मृतिमा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष रकम हस्तान्तरण गरिन् ।
विद्यालयका प्रधानाध्यापक सुरजबहादुर क्षेत्रीले विद्यालयको वार्षिक अवस्थाबारे जानकारी गराएका थिए । उनले जोखिमयुक्त भवनमा विद्यार्थीलाई पढाउनु परेको दुखेसो पोखे ।

काहुँ बृहत् खानेपानी आयोजनाका अध्यक्ष मीनबहादुर गुरुङले अभिभावक भेला भने पनि उनीहरूका कुरा सुन्ने थलो नभएको तर्क गरे ।

कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालय शिक्षक दुर्गा पौडेल घिमिरेले जानकारी दिइन् ।
विद्यार्थीहरु कक्षा नर्सरीमा क्रमशः युनिक केसी, क्रियन्स कार्की, ओजस्वी लामिछाने, कक्षा केजीमा उज्ज्वल लामिछाने, आयुष्मा सुनार, रोनिक केसी प्रथम, द्वितीय र तृतीय भएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतले अभिभावकको सक्रिय उपस्थिति नै विद्यालयको गहना हुने बताए ।
उनले विद्यार्थीको क्षमता सरकारीमा कमजोर र बोर्डिङमा बढी हुने भ्रम समाजमा रहेकाले सबै शिक्षकले त्यसको जिम्मेवारी लिन सक्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव…
  • माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बमबहादुर गुरुङ चयन भए । विद्यालयमा…
  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…

hero news full width