रुपामा अध्यक्ष कप भलबल प्रतियोगिता

आदर्श समाज सम्वाददाता
फागुन १, २०८०
nabaraj-ojha-rupa-kaski

पोखरा । कास्कीको रुपामा यस वर्ष पनि वडास्तरीय अध्यक्ष कप भलबल प्रतियोगिता हुने भएको छ । सो अवसरमा रुपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शनी र माला प्रतियोगिता पनि हुने भएको छ ।

पालिका स्थापनाको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता फागुन २४ देखि २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता विजेताले १ लाख ५० हजार, उपविजेताले ८०, तृतीयले ४० र सान्त्वना स्थान प्राप्त गर्नेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, उत्कृष्ट खेलाडीले ५, उत्कृष्ट सर्भर, व्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

भलिबल खेल अन्तर्राष्ट्रिय नियमानुसार नै सञ्चालन हुने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी खेलाडीले नम्बर अंकित पोशाक अनिवार्य लगाउनुपर्ने, वडाभन्दा बाहिरका खेलाडी सहभागी हुन नपाउने व्यवस्था गरिएको अध्यक्ष ओझाले जानकारी दिए ।

फागुन १० देखि २३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ता निःशुल्क हुनेछ ।

स्थापना दिवसको अवसरमा माला गाँस्ने प्रतियोगिता, झाँकी प्रतियोगिता पनि हुनेछ । झाँकी प्रदर्शनमा पहिलोले ३० हजार, दोस्रोले २० र तेस्रोले १० तथा सान्त्वना हुनेले ५ हजार पाउँछन् ।

यता, झाँकी प्रदर्शन प्रतियोगितामा ४० समूहको सहभागिता रहने आँकलन गरिएको छ । झाँकीमा सहभागी हुने प्रत्येक समूहले बढीम ५ वटा माला समावेश गर्न पाउनेछन् । कार्यक्रममा जैविक विविधता सम्बन्धी कृषि प्रदर्शनी पनि गरिने अध्यक्ष ओझाको भनाइ छ ।

झाँकी प्रदर्शनतर्फ प्रथमले ३०, द्घितीयले २०, तृतीयले १० र सान्त्वना स्थान प्राप्त गर्नेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, माला गाँस्ने प्रतियोगिता विजेताले ६, उपविजेताले ४ र तेस्रो हुनेले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्नका लागि गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । जसमा भलिबल खेल संयोजकमा रामबहादुर गोदार, झाँकी संयोजकमा मुकुन्द बहादुर वंशी, माला प्रतियोगितामा राजन सुवेदी लगायत छन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने गाउँपालिका अध्यक्ष ओझाले बताए ।

Related News

सम्बन्धित समाचार

  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…

hero news full width