त्रिवेणी साहित्य प्रतिष्ठान अध्यक्षमा इन्द्रराज पौडेल

आदर्श समाज सम्वाददाता
माघ १३, २०८०
gaidakot news

गैंडाकोट। नवलपुरमा रहेको त्रिवेणी साहित्य प्रतिष्ठान अध्यक्षमा इन्द्रराज पौडेल निर्वाचित भएका छन् । शनिबार गैंडाकोटस्थित आफ्नै भवनमा सम्पन्न चौथो साधारण सभा तथा अधिवेशनले उनको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा भीमप्रसाद शर्मा, सचिव रामहरि शर्मा शराह, सहसचिव भूमिश्वर शर्मा, कोषाध्यक्ष मुक्तिनाथ न्यौपाने चयन भए । सदस्यमा धर्मानन्द शर्मा, मुना धनञ्जय, उदयनाथ रेग्मी, राधा कोइराला, सुजन अधिकारी, लीला मास्की राना, शोभा खनाल कोइराला र भूमिका तिमिल्सिना छन् ।

सभाले प्रतिष्ठाको लेखा सुपरीवेक्षण समिति संयोजक विष्णुमाया पन्थी र सदस्यमा मीनाकुमारी खनाल र भानुभक्त सापकोटा चयन गरेको छ ।

निर्वाचन संयोजक गोविन्दराज विनोदी, गोविन्द रिमाल र कृष्णचन्द्र चालिसे समेत रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको आगामी १५ माघमा पदस्थापना र सपथग्रहण कार्यक्रम हुनेछ ।

प्रतिष्ठान अध्यक्ष नारायणप्रसाद खनालको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि गैंडाकोटका मेयर मदनभक्त अधिकारीले त्रिवेणी साहित्य प्रतिस्ठानमार्फत कला र साहित्यको विकास गर्नतर्फ नगर गम्भीर भएको बताए । उनले कला, साहित्य, संगीत र सामाजिक इतिहास बोकेका साहित्यिक प्रतिष्ठानलाई नगरपालिकाले उच्च सम्मानका साथ अघि बढाउन सहयोग गर्ने बताए ।

उपप्रमुख शान्ति कोइराला, साहित्यकार चूडामणि बन्धु, चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाल, नेपाल स्वतन्त्र पत्रकार संघका संस्थापक अध्यक्ष तथा आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्ण बास्तोला, साहित्यकार श्यामजी अतिथि, डा. होमराज सापकोटा, डा. फणीन्द्र देवकोटा, होमनाथ सापकोटा, शरदचन्द्र पण्डित लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिष्ठान कोषाध्यक्ष इन्द्रराज पौडेलले स्वागत मन्तव्य राखेका थिए । प्रतिष्ठान स्थापनाको ३४ औ वर्षमा आइपुग्दा हालसम्म साहित्यका विभिन्न विधाका १ सय ४४ कृति प्रकाशन गरेको त्रिवेणी साहित्य प्रतिष्ठानमा १ सय ७२ आजीवन सदस्य छन् ।

२०४७ सालमा स्थापना गरिएको ‘त्रिवेणी साहित्य परिषद्’ नामक संस्था २०७७ सालदेखि भने ‘त्रिवेणी साहित्य प्रतिष्ठान’ रुपमा चिनिन थालेको हो ।

आगामी वर्ष पनि विभिन्न विधाका २० पुस्तक प्रकाशित गर्ने, घुम्ती साहित्यका कार्यक्रम, कला र संगीत क्षेत्रका सृजनात्मक क्रियाकलापलाई निरन्तरता दिँदै अघि बने नवनिर्वाचित अध्यक्ष इन्द्रराज पौडेलले प्रतिबद्धता जनाए ।

कोषाध्यक्ष धर्मानन्द शर्मा पौडेलका अनुसार गत आवमा २४ लाख ३० हजार रुपैयाँ आम्दानी विवरण रहेको प्रतिवेदनमा उल्लेख छ । सभालाई सचिव भीमप्रसाद शर्माले सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै