पोखरामा शनिबार अरुणा लामा र तारादेवी स्मृति साँझ

आदर्श समाज सम्वाददाता
माघ १२, २०८०
Aruna Lama- Tara Devi Smriti sajh-2080

पोखरा । पोखरामा शनिबार अरुणा लामा–तारादेवी स्मृति साँझ–२०८० कार्यक्रम हुँदैछ । स्वरसाम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भमा पोखरेली महिला कलाकारको साझा संस्था हार्मोनीसँग मिलेर एभरेस्ट मिडिया हाउसले माछापुच्छे बैंक्यूट, न्यूरोडमा ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ गर्न लागेको हो ।

साँझ साढे ५ बजे सुरु हुने कार्यक्रममा स्वरसाम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारले उनीहरुकै गीत गाएर ट्रिब्यूट दिनेछन् ।

साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कवि प्रकाश सायमीले नेपाली सुगम संगीत, अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रवचनबाट कार्यक्रमको सुरुवात गर्नेछन् । त्यसपछि पोखरेली महिला कलाकारले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गर्ने कार्यक्रम संयोजक दीपन्द्र श्रेष्ठले बताए ।

कार्यक्रममा मितु पालले अरुणा लामाको ‘म त चुपचाप बँसे’ र तारादेवीको ‘आमा कुनै’ गीतबाट सांगीतिक प्रस्तुतीको सुरुवात गरेपछि ईतु जोजिजुले अरुणा लामाको ‘यहाँ फूल नफुलेछ, तारादेवीको ‘तिम्रो माया पत्थरको’, अरुणा लामाको ‘चौतारीमा बसेर रुन पाउँ र तारादेवीको मनको निश्चलतामा’ गीत गाएर अरुणा लामाप्रति ट्रिब्यूट दिनेछन् ।

त्यसपछि शीतल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी र तारादेवीको एक फूल झरेर के भो’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य र तारादेवीको फूलैफूलको मौषम तिमीलाई’ तथा अजुदा थापाले अरुणा

लामाको ‘काल काल सल सल र तारादेवीको तिम्रो नाउँ झै छ ओठमा’ बोलको गीत समर्पित गरेर कार्यक्रम बिट मार्नेछिन् ।
कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण हुनेछ । अरुणा लामा–तारादेवी स्मृति साँझ अघिल्लो वर्षदेखि सुरु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै