हेमजामा अन्तर विद्यालय फुटबल सुरु

आदर्श समाज सम्वाददाता
माघ १०, २०८०
Hemja sports

पोखरा । लियो क्लब अफ हेमजाको आयोजनामा पोखरा २५ हेमजामा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८० बुधबार सुरु भएको छ । प्रतियोगिता माघ १२ गतेसम्म गौरीशंकर खेल मैदानमा हुनेछ ।

बुधबार उद्घाटन खेलमा धवलागिरी बोर्डिङ स्कुलले ज्ञानसागर एकेडेमीलाई ५–२ गोलीले पराजित गरेको छ । ज्ञानसागरको तर्फबाट जर्सी नम्बर १३ का सक्षम रेग्मीले ३ गोल गरेका थिए । प्रतियोगिताको दोस्रो खेलमा स्नो भ्यु बोडिङ स्कुलले अम्बिका मा।विलाई ३–० गोलले पराजित ग¥यो । त्यस्तै तेस्रो खेलमा विष्णुपादुका माविलाई गौरीशंकर माविले ३–० गोलले पराजित गरेको छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनल धवलागिरी र हेमजा बोडिङ स्कुलले बिच हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनल स्नो भ्यु बोडिङ स्कुल र गौरीशंकर माविबीच हुनेछ । प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।

खेल उद्घाटन गर्दै चिफ डिस्ट्रिक एडभाइजर प्रजापति बाँस्तोलाले खेल जीवन भएको बताउँदै स्वस्थ रहन खेल आवश्यक रहेको बताए । कार्यक्रममा सिम्रन थापाले धोजाको अभिवादन र अर्जुन अधिकारीले लियो पिलिजवाचन गरेका थिए । क्लबका अध्यक्ष मनोज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष सुशान्त बाँस्तोला र सञ्चालन दिव्या त्रिपाठी र अस्मिता त्रिपाठीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width