बालोदयमा चेतनामूलक हेल्थ क्याम्प

आदर्श समाज सम्वाददाता
माघ १०, २०८०
balodaya

पोखरा । बालोदय माविमा मुख तथा दन्त स्वास्थ्यसम्बन्धी जनचेतनामूलक हेल्थ क्याम्प सम्पन्न भएको छ ।

जुनियर रेडक्रस सर्कल बालोदयको आयोजना, विद्यालय प्रशासनको व्यवस्थापन तथा पैरवी हेल्थ एन्ड डेन्टल केयर सेन्टर प्रालि न्युरोडको प्राविधिक सहयोगमा सञ्चालित क्याम्पमा शिक्षक, विद्यार्थी र कर्मचारीको मुख तथा दाँतसम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो । मुख तथा दन्त स्वास्थ्य कसरी राम्रो राख्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरूका लागि चेतनामूलक कार्यक्रम गरिएकोे विद्यालयका जुनियर रेडक्रस सर्कलका शिक्षक नायक टंकप्रसाद पौडेलले बताए । हेल्थ क्याम्प माघ ८ देखि १० गतेसम्म चलेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै