दीपज्योति युवा क्लब च्याम्पियन

आदर्श समाज सम्वाददाता
माघ १०, २०८०
Diip Jyo 2

लमजुङ । २८ औं सिर्जना कप फुटबल प्रतियोगितामा दीपज्योति युवा क्लब लाम्पाटा च्याम्पियन बनेको छ । मस्र्याङ्दी गाउँपालिका–६, ठूलीबेसीमा स्थानीय सिर्जना युवा क्लबको २८ औं वार्षिकोत्सव अवसरमा उक्त फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।

फाइनलमा जनकल्याण युवा क्लब नाइचेलाई २–० गोलअन्तरले हराउँदै दीपज्योतिले उपाधि जितेको हो । विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र पाए ।

प्रतियोगितामा दीपज्योतिका अर्जुन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । तातोपानी युवा क्लबका विकास गुरुङले सर्वाधिक गोलकर्ताको उपाधि जिते । उनले ७ गोल गरेका थिए । उनीहरुलाई जनही एक÷एक हजार पुरस्कार दिइएको क्लब सचिव अमृत अधिकारीले बताए । प्रतियोगितामा २६ टिमले भाग लिएका थिए ।

सो अवसरमा मिनी म्याराथन, ठेलो प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । ठेलोमा पृथ्वीसुब्बा गुरुङ पहिलो, नरबहादुर अधिकारी दोस्रो र मीनप्रसाद घले तेस्रो भए । समापनका अवसरमा विजयी टिम तथा

खेलाडीलाई मस्र्याङ्दी–६ का वडा अध्यक्ष मीनराशि गुरुङ, क्लब अध्यक्ष भेषबहादुर थापाले पुरस्कार वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै