सफल पोखरा म्याराथन, यसपालि नयाँ रुट

आदर्श समाज सम्वाददाता
माघ १०, २०८०
safal

पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन पोखरा रंगशालादेखि सुरु भई लेकसाइडको हलनचोकस्थित क्याम्पिङ चौरमा समापन हुने भएको छ । विगतमा पोखरा रंगशालादेखि सुरु भई रंगशालामै आएर समापन हुने गरेकोमा यसपालि समापन स्थान फेरिएको हो ।

आगामी ५ फागुनमा हुने १८ औं संस्करणको सो प्रतियोगिताका लागि आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारेको जनाएको छ । मञ्चले २३ उपसमिति नेपालमा र ५ अन्तर्राष्ट्रिय समिति गठन गरेको छ । विदेशमा बेलायत, अमेरिका, अस्ट्रेलिया, हङकङ र सर्भियामा समिति गठन गरिएको हो ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिँदै म्याराथन पूरा गर्नेछन् ।

सफल दूधको मुख्य प्रायोजनमा हुने यो प्रतियोगिताले पोखराको गरिमा अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै आएको आयोजकको दाबी छ । यसपालि म्याराथन विशेष बनाउन मुख्य विधामा चिप्स प्रयोग गरिने भएको छ । जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ ।

खुलातर्फ विजेतालाई ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख र चौथोलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ । साथै गण्डकी प्रदेशतर्फ छुट्टै पुरस्कार व्यवस्था छ । साथै महिला हाफ म्याराथन, १० किमी पुरुष तथा महिला, ५ किमी छात्र, छात्रा, ह्विल चियर तथा दृष्टिविहीनतर्फका हरेक प्रतियोगितामा पनि पुरस्कार राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै