मानव बेचविखन तथा ओसारपसार आरोपमा ३ पक्राउ

आदर्श समाज सम्वाददाता
माघ ९, २०८०

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार नेपाल भारत सीमा दशगजा नजिकै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ चमनटोलाबाट २ भारतीयसहित १ जना नेपाली नागरिकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रामग्राम २ हाटबजार टोल बस्ने २१ वर्षीय कलिम मियाँ, भारतको देवरिया जिल्ला बरहजवा थाना करजहा बस्ने २६ र्वाीय अरुण मल र भारतकै महाराजगञ्ज थाना कोतवाली ग्राम दुवौली टोला छोटी पकडी नौनिया बस्ने २८ वर्षीया शैलेश बर्मा हुन् ।

सीमा क्षेत्रमा कलिम मियाँले २ किशोरीलाई भारतीय नागरिक अरुण मल र शैलेश बर्माको जिम्मा लगाइरहेको अवस्थामा प्रहरीले शंका लागि सोछपुछ गर्ने क्रममा पक्राउ गरेको हो । ती २ किशोरीले आफूहरुलाई ललाइफकाई प्रलोभनमा

पारेर भारतको गोरखपुरतर्फ लैजान लागेको जनाएका थिए ।

उनीहरुको साथबाट लु १८ प ५२६९ नम्बरको मोटरसाइकल र युपी ५३ डिबी ४८३२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
पक्राउ परेकालाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी नायव उपरीक्षक रमेश बोहराले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै