गण्डकीका पूर्व मुख्यमन्त्री कृष्णचन्द्रलाई मातृशोक

आदर्श समाज सम्वाददाता
माघ ९, २०८०
Draupada Pokhrel

स्वतन्त्रता सेनानी स्व. द्रौपदा शर्मा पोखरेल

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मातृशोक परेको छ । स्वतन्त्रता सेनानी द्रौपदा शर्मा पोखरेलको १०२ वर्षको उमेरमा मंगलबार बिहान ४ बजे आफ्नै निवास काठमाडौं रानीबारीमा निधन भएको हो ।

उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

द्रौपदा तनहुँका सामाजिक सुधारक कांग्रेस नेता गोवर्धन शर्मा पोखरेलकी पत्नी हुन् । उनका ४ भाइ छोरा र २ बहिनी छोरी छन् ।

छोराहरुमध्ये रामचन्द्र संविधानसभा सदस्य, जगदीशचन्द्र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् भने कान्छा सुभाष अमेरिका बस्छन् । २ छोरी सत्यम्बरा र प्रियम्बर हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width