उपकार सहकारीको स्थापना दिवसमा सरसफाइ

आदर्श समाज सम्वाददाता
माघ ६, २०८०
upkar saving

पोखरा । पोखरा ६, बैदाम नारेश्वरस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले १५ औं स्थापना दिवसको अवसर पारी वडास्तरीय सरसफाइ कार्यक्रम गरेको छ ।

बैदामका १७ आमा समूहको सहभागितामा बैदाम क्षेत्रको १७ ठाउँबाट थालिएको सफाइ अभियानमा सहकारीका सदस्यहरूसहित डेढ सय जना सहभागी थिए । सरसफाइका क्रममा ८० बोरा प्लास्टिकजन्य फोहोर संकलन गरिएको संस्थाका सचिव सुन्दरराज पहारीले जानकारी दिए ।

संकलित फोहोर पोखरा महानगर फोहोर वयवस्थापन समितिसँगको समन्वयमा व्यवस्थापन गरिएको लेखा समितिका सदस्य हेडम्बराज अधिकारीले बताए ।

कार्यक्रममा पोखरा ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले स्थानीय संघसंस्थाहरूसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबद्धता जनाए ।

संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको बताए । २०६५ सालमा स्थापना भएको सहकारीमा ३ सय ७२ सेयरसदस्यबाट ९ करोड ४० लाख सेयर पुँजी रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width