महानगरस्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल प्रदर्शनी

आदर्श समाज सम्वाददाता
माघ ३, २०८०
krishi mela

पोखरा । ऐतिहासिक ढुंगसाँघु मेलामा महानगरस्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी सम्पन्न भएको छ । पोखरा महानगरपालिकाअन्तर्गत आर्थिक विकास महाशाखाको आयोजनामा प्रदर्शनी गरिएको हो ।

मेलामा घरमा उत्पादनमा भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, वनमा उत्पादन भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, माघी परिकार प्रदर्शनी प्रतियोगिता, जैविक विविधतासम्बन्धी कृषि गीत प्रतियोगिता समेत गरिएको महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनकाअनुसार मेलामा स्थानीय जातका लोपोन्मुख उत्पादनका बिउबिजनहरूसहित १० थरी तरुल, गिठा, भ्याकुर, पिँडालुतर्फ १० थरी, र ३ थरीका सखरखण्ड प्रदर्शन गरिएको छ । बागवानी अनुसन्धानका केन्द्रमा तयार गरिएका कन्दमूलहरूसमेत प्रदर्शन गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय उत्पादन वृद्धि र उत्पादनको बजार सुनिश्चितताका लागि आवश्यक व्यवस्थापन गर्ने बताए । किसालाई अनुदान तथा साझेदारी कार्यक्रममार्फत् सहुलियत प्रदान गर्दै प्रांगारिक उत्पादनमा हौसला प्रदान गरिएको उल्लेख गरे । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण तर्फ लैजाँदै यान्त्रिकीकरणलाई समेत विशेष जोड दिइएको उनले बताए ।

मेलामा स्थानीय जातका लोपोन्मुख बिउबिजनसहित १० थरी तरुल, गिठा, भ्याकुर, पिँडालु १० थरी र ३ थरी सखरखण्ड प्रदर्शन

मेलाका अवसरमा गरिएको जैविक विविधता विषयक कृषि गीत प्रतियोगितामा कृषि सञ्जाल ३३ प्रथम भएको छ । यस्तै सफल महिला कृषक समूह, पोखरा २९ दोस्रो, कृषि सञ्जाल २५ तेस्रो र कृषि सञ्जाल ३० सान्त्वना भए । माघी परिकार केन्द्रित प्रतिस्पर्धामा टंकनाथ बस्ताकोटी पोखरा २४ प्रथम, रुपा बराल, पोखरा १३ दोस्रो, संगीत सुनार, पोखरा १६ तेस्रो र सोबित अधिकारी, पोखरा २८ सान्त्वना भए ।

कन्दमूल प्रदर्शनी तथा प्रतियोगितामा सहभागी १५ समूहले २३ थरी परिकार प्रदर्शनी गरेका छन् । घरमा उत्पादित कन्दमूलतर्फ देवीलाल बराल पोखरा २२ प्रथम, सीता अधिकारी पोखरा ३३ दोस्रो, सीता कँुवर पोखरा २५ तेस्रो र रामजी पौडेल पोखरा २२ सान्त्वना भए । वनमा उत्पादित कन्दमूलतर्फ प्रदीप ढकाल पोखरा २२ प्रथम, चमेरेगुफा कृषक समूह पोखरा १६ दोस्रो, टेकनाथ बराल पोखरा १३ तेस्रो र देवीलाल बराल, पोखरा २२ सान्त्वना भए ।

विजेताहरूलाई पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिन् । दोस्रो राष्ट्रिय जैविक विविधता संरक्षण दिवसका अवसरमा सो कार्यक्रम गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै