पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो

आदर्श समाज सम्वाददाता
पौष २८, २०८०
prithvi jayanti 3

स्याङ्जा । राप्रपा स्याङ्जाले एक कार्यक्रम गरी पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस मनाएको छ ।

शुक्रबार स्याङ्जामा आयोजित समारोहमा गण्डकी प्रदेशका पूर्व मन्त्री एवं राप्रपा गण्डकी अध्यक्ष पञ्चराम गुरुङले पृथ्वीनारायण शाह राजामात्र नभई एक दूरदर्शी र सिंगो नेपाल निर्माणकर्ता भएको बताए । उनका त्यतिबेलाका दिब्यउपदेश आजसम्म पनि उत्तिकै महत्वपूर्ण रहेको जनाउँदै पृथ्वीनारायणको योगदानको उनले चर्चा गरे । राजपरिवारको सुखसयलभन्दा माथि उठेर मुलुकको स्वधानीता र एकता राख्न सफल भएको उनले बताए ।

अरुलाई गाली र दोष दिएर आफू उम्कने प्रवृत्ति अन्त्य गर्दै विदेशी हस्तक्षेप बन्द गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए । पृथ्वीनारायण शाहले मुलुकलाई उपनिवेश हुनबाट जोगाएको बताउँदै बुद्ध, सीता, पशुपतिनाथ, पृथ्वीनारायण शाह हामी सबैका साझा भएकोमा जोड दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य लोकनाथ तिवारी र देवकुमारी पराजुली, पुतलीबजारका पूर्व नगर प्रमुख जयनारायण श्रेष्ठ, राप्रपाका पूर्व अध्यक्ष मदन कार्की, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, नेपाली कांग्रेसका नगर सभापति सुरजकुमार अधिकारी लगायतले पृथ्वीनारायण शाहका योदानका बारेमा चर्चा गरे ।

कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका जिल्ला अध्यक्ष शोभा गैह्रेले स्वागत एवं उपाध्यक्ष धनप्रसाद गुरुङले धन्यवाद र अर्का उपाध्यक्ष पदमप्रसाद श्रेष्ठले सञ्चालन गरेका थिए । राप्रपाको पार्टी कार्यालय प्रगतिनगरबाट निस्केको

पञ्चेबाजागाजा सहित ¥यालीले नगर परिक्रमा गरेर बालमन्दिरमा पुगेर कार्यक्रम भएको थियो । राप्रपाले दिवसको अवसर पारेर चियापान समेत गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width