माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०

आदर्श समाज सम्वाददाता
पौष २८, २०८०
machha cup

हेमजा । माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन शुक्रबार ६ खेल भए । गल्कोट नगरपालिकाले शुक्लागण्डकी नगरपालिका तनहुँलाई, चापाकोट नगरपालिका स्याङजाले ताराखोला गाउँपालिका बाग्लुङलाई, बोदीकाली गाउँपालिका नवलपुरले माछापुच्छ्रे गाउँपालिका कास्कीलाई पछि पार्दै अधिल्लो चरणमा प्रवेश गरे ।

त्यस्तै, चापाकोट नगरपालिका स्याङजाले निसीखोला गाउँपालिका बाग्लुङलाई, कालीगण्डकी गाउँपालिका स्याङ्जाले भिमाद नगरपालिका तनहुँलाई र अन्नपूर्ण गाउँपालिका कास्कीले रुपा गाउँपालिका कास्कीलाई पछि पारे ।

गल्कोट र कालीगण्डकीबीच अन्तिम क्वाटरफाइनल लाइट प्रोटेस्टका कारण स्थगित भएको थियो । अन्तिम क्वाटरफाइनल खेल विजेताले अन्नपूर्ण गाउँपालिका कास्कीसँग शनिबार हुने दोस्रो सेमिफाइनलमा भिड्ने छ ।

प्रथम सेमिफाइनल वोदीकाली गाउँपालिका र चापाकोट नगरपालिका स्याङ्जाबीच हुने खेल उपसंयोजक जापान गुरुङले बताए ।

प्रतियोगितामा प्रथमले ३ लाख तथा दोस्रोले २ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सेमिफाइनल प्रवेश गरेका २ पालिकालाई ५०/५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै, उत्कृष्ट खेलाडीलाई ७ हजार दिइनेछ । विधागततर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार दिइने गाउँपालिकाले जनाएको छ ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूलनाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना तथा वडा ३ कार्यालयको व्यवस्थापन प्रतियोगिता भएको हो ।
प्रतियोगिताको भलिबल संघ माछापुच्छ्रेले समन्वय गरेको छ । माछापुच्छे–३, घाचोकस्थित मेधराज आधारभूत विद्यालयको खेल मैदानमा पुस २६ देखि प्रतियोगिता सुरु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै