आहारारा पोखरा गोल्डकपमा भारत र भुटानको टिम पनि खेल्ने

आदर्श समाज सम्वाददाता
पौष २६, २०८०
414671834_738535554528039_6409172723496176407_n

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक सहारा क्लब पोखरा । -तस्बिरः योगेन्द्र श्रेष्ठ ।

पोखरा, २६ पुस । २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा भारत र भुटानको टिमले पनि भाग लिने भएको छ । आयोजक सहारा क्लब पोखराले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता खेल्ने १२ टिम सार्वजनिक गरेको हो ।

प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी, संकटा, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ, थ्रि स्टार, नवलपुरको राइजिङ फुटबल क्लब, भारतको दिल्ली फुटबल क्लब, भुटानको पारो फुटबल क्लब र आयोजक टिमले भाग लिने क्लब अध्यक्ष केशवराज बरालले जानकारी दिए ।

माघ ९ देखि २० सम्म संचालन हुने प्रतियोगितामा विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् । गत वर्षको विजेता संकटा र उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनोसोटा, अमेरिका हुन् ।

मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक किरण केसीले सहाराको सामाजिक कार्यमा साथ दिन पाउँदा खुसी लागेको बताए ।

यसपालि १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत रकम सहारा एकेडेमीमा खर्च गरिने महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width