तमु धिं नेपालको छेलोमा युवराज प्रथम

आदर्श समाज सम्वाददाता
पौष १७, २०८०
Chhelos

पोखरा । नयाँ वर्ष मुप्ह्री ल्हो तमु ल्होछारको अवसरमा तमु धिं नेपालले आयोजना छेलो प्रतियोगितामा पैयँुखोला तमु समाजका युवराज गुरुङ विजेता र गुरुङ फिल्म एसोसियसन नेपाल जिफानका राजेश गुरुङ उपविजेता भए । उनीहरुले क्रमशः २५ हजार र १० हजार नगद प्राप्त गरे ।

कार्यक्रममा पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ श्यामले प्रतियोगिता संयोजक एवं निर्णायक गजबहादुर गुरुङलाई छेलो हस्तान्तरण गरी खेल उद्घाटन गरेका थिए । छेलो खेलको संरक्षणका लागि आफ्नो बुबाको स्मृतिमा पहिलो पुरस्कार प्रायोजन गर्दे आएका गुरुङले छेलो संरक्षणको लागि आफ्नो तर्फबाट सहयोग रहिरहने बताए ।

तमु धिं नेपालका अध्यक्षका हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कर्म तमु, तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्तबहादुर तामाङ, सम्मानित व्यक्तित्व वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत र महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width