टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन

आदर्श समाज सम्वाददाता
पौष १५, २०८०
Tennis 5th Day Abhailasha3

पोखरा । २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसले मेन्स र उमेन्स सिंगल्सतर्फ नयाँ च्याम्पियन पाएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षक भुषण बज्राचार्य र ओमन्सतर्फ सुनिरा थापा च्याम्पियन भए । सोही प्रतियोगिताको १८ औं र १९ संस्करणका च्याम्पियनसमेत रहेका नेपालका नं १ ¥याकिङ प्रदीप खड्काको दबदबालाई आफ्नै होम ग्राउन्डमा टाइ ब्रेक म्याचमा २–१ ले हराउँदै संरक्षकले तेस्रो पटक च्याम्पियन बन्ने प्रदीपको सपनामा ब्रेक लगाए ।

पोखरा रंगशालाको टेनिस कम्लेक्समा सम्पन्न फाइनलमा प्रदीपविरुद्ध पहिलो सेट ६–४ ले जित हात पारेका पूर्व नेपाल नं १ संरक्षकले दोस्रो सेटमा भने २–६ ले प्रदीपलाई सुम्पिए तर तेस्रो तथा अन्तिम सेटमा ७–६, (७–५) ले संघर्षपूर्ण जित निकाल्दै नगद ८० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे । उपविजेता बनेका प्रदीपले नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा सोही इभेन्टमा सेमिफाइनलिस्टद्वय ऋतिक राना र अभिनन्सु ठाकुरले जनही ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

ओमेन्सतर्फ समेत गत संस्करणकी समेत च्याम्पियन नेपाल १ ¥याकिङ अभिलाषा विष्टलाई सुनिरा थापाले टाइब्रेकमा नै पराजित गरिन् । सनसनीपूर्ण फाइनलमा सुनिराले पहिलो सेट ६–० ले अभिलाषालाई सुम्पिए पनि दोस्रो सेट सम्हालिएर खेल्दै ६–१ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किइन् । अन्तिम सेट ६–४ ले जितेपछि अभिलाषाको दोस्रो पटक च्याम्पियन हुने सपनामा ब्रेक लाग्यो । च्याम्पियन बनेकी सुनिराले नगद ८० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्दा सोही इभेन्टमा सेमीफाइनालिस्ट द्वय माहिका राना र रायना शाहले जनही ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त पारे ।

१८ औं र १९ संस्करणका च्याम्पियन प्रदीपलाई संरक्षकले तेस्रो पटक च्याम्पियन बन्ने प्रदीपको सपनामा ब्रेक लगाए

प्रतियोगिताअन्तर्गत नै भएको ३५ वर्षमाथिको भेट्रान्स मेन्स सिंगल्सतर्फ कमल भण्डारी विजेता बनेका छन् । उनले फाइनलमा सन्तोष खत्रीलाई ७–५ र ६–४ ले पराजित गरे । उपाधि विजेता कमलले नगद ६० हजार, उपविजेता सन्तोषले नगद ३० हजारसहित ट्रफी तथा मेडल प्राप्त गरे ।

४५ वर्षमाथिको भेट्रान्स मेन्स सिंगल्सतर्फ रोहित सुनुवारले फाइनलमा महेश श्रेष्ठलाई सुपरटाई म्याचमा हराउँदै उपाधि जिते । पहिलो सेट ५–७ ले गुमाएका रोहितले दोस्रो सेट सहजरुपले ६–१ ले जित्दै खेल बराबरीमा ल्याउँदै सुपरटाइतर्फ खेल धेकिलिँदा रोहितले १०–७ ले खेल जित्न सफल भए । सोही प्रतियोगितामा सेमिफाइनालिस्टद्वय प्रदीप शाह र गोपी भट्टराई रहेका छन् । उपाधि जितेका रोहितले नगद ४० हजार, उपविजेता महेशले नगद २० हजार र सेमीफाइनालिस्टद्वय प्रदीप र गोपीले जनही ५ हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसअन्तर्गत नै भएको ५५ वर्षमाथि मेन्स सिंगल्सको उपाधि विजेता बन्न सफल विमलकुमार गुरुङले फाइनलमा प्रतिद्वन्दी जीवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरे । उपाधि विजेताले विमलले ३० हजार, उपविजेता जीवनले १५ हजार, सेमिफाइनालिस्ट खेलाडीद्वय समीर शेरचन र थोङवाम तुलेश्वरले जनही ५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।

प्रतियोगितामा विजेता खेलाडीलाई प्रतियोगिता मुख्य प्रायोजक संस्था माछापुच्छ्रे बैंककी निर्देशक वन्दना केसी, केसी ग्रुपका प्रबन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, कास्की खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, ट्रयाङ्क्वालिटी स्पाका प्रबन्ध निर्देशक रनिल फैजुलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा माछापुच्छ्रे बैंककी निर्देशक वन्दना केसीले प्रतियोगितालाई सहयोगको प्रतिबद्धता जनाएकी छन् । उनले भनिन्, ‘प्रतियोगिताले पोखराको टेनिस खेल विकास र खेलाडी उत्पादनमा महŒवपूर्ण भूमिका खेलेको छ । हामी यहाँहरुलाई निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्छौं ।’

कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतियोगिताका संयोजक एवं संघका उपाध्यक्ष नवीन चालिसे, सचिव नवीन श्रेष्ठले समेत मन्तव्य राखेका थिए ।

प्रतियोगितामा महिलातर्फ १३ र पुरुषतर्फ २ सय ३ जना गरी कुल २ सय १६ जना खेलाडीको सहभागिता रहेको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width