पत्नी हत्या आरोपमा पोखरामा पक्राउ परे रत्नबहादुर

आदर्श समाज सम्वाददाता
पौष १२, २०८०
arrested

पोखरा । पत्नी हत्या आरोपमा कास्की प्रहरीले पोखरा २९, नौबिसेबाट ३६ वर्षे रत्नबहादुर घर्तीलाई पक्राउ गरेको छ । पुस १२ गते राति रत्नबहादुरले नौबिसे चोकस्थित तोरी बारीमा पत्नीको हत्या गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

म्याग्दीको धौलागिरी गापा ७, ताकम घर भई हाल पोखरा बस्दै आएका रत्नबहादुरले २८ वर्षे पत्नी रेखाको हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट प्रहरी नायव उपरीक्षकको कमान्डमा खटिएको टोलीले रत्नबहादुरलाई पक्राउ गरेको हो ।

उनलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width