पुतलीबजारलाई राष्ट्रपति कप

आदर्श समाज सम्वाददाता
पौष ११, २०८०
Rastapati Putalibazar cup

स्याङ्जा । जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिताको उपाधि पुतलीबजार नगरपालिकाले जितेको छ । पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, १० रजत र एक कास्यसहित २२ पदक जितेर पुतलीबजार उपाधि विजेता बनेको हो ।

प्रतियोगितामा वालिङ नगरपालिकाले ९ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित दोस्रो हुन सफल भएको छ । वालिङले १६ पदक जित्दै उपविजेता बनेको हो ।

प्रतियोगितामा तेस्रो बनेको भीरकोट नगरपालिकोे १४ पदक जितेको छ । भीरकोटले ४ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको हो ।

पुस ८,९ र १० गते सम्पन्न छनोट प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका पालिकालाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा यहाँका ६ गाउँपालिकासहित ५ नगरपालिकागरी ११ वटा पालिकाले सहभागिता जनाएका थिए । एथलेटिक्सका विभिन्न खेलहरूलगायत भलिबल, कबड्डीलगायत खेलहरूमा प्रतिस्पर्धा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width