अध्यक्ष कप भलिबलको तयारी गर्दै माछापुच्छ्रे गाउँपालिका

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०८०
Machhapuchhre Volleyball Photo

पोखरा ।  कास्कीको माछापुच्छ्रे गाउँपालिकामा गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको हो ।

आगामी पुस २६ गतेदेखि २८ गतेसम्म दुई प्रतियोगिता चल्ने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ घाचोकमा संचालन हुने मार्फत गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । खेल सँगै गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको पर्यटनमा टेवा पु¥याउनका लागि प्रतियोगिताले सघाउने उनले बताइन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख, द्वितिय हुनेलाई २ लाख र समीफाइनल हारेका २ टिमलाई ५०÷५० हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई ७ हजार, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई ५ हजारका दरले पुरस्कार प्रदान गर्नेछ ।

प्रतियोगिता सञ्चालन गर्नको लागि करिब १२ लाख ८३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । भलिबल खेलको अतिरिक्त साँस्कृतिक लगायत मनोरञ्जनात्मक कार्यक्रम समेत हुने भएको छ ।

प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका कार्यालयको मुख्य सहयोग र वडा नम्बर ३ कार्यालयको समन्वय तथा माछापुच्छ्रे गाउँपालिका भलिवल संघको व्यवस्थापनमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा २५ टिमको सहभागिता हुने अनुमान गरिएको उपाध्यक्ष अधिकारीले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width