केपी ओली क्रिकेटमा आज सेमिफाइनल

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०८०
kp oli cup

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमी आयोजनामा पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलका खेल हुने छन् ।

पहिलो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश तथा दोस्रो सेमिफाइनलमा एपिएफ क्लब र मधेश प्रदेशबीच आमनेसामने हुने छन् ।

विभागीय आर्मी समूह ‘डि’ को शीर्ष टोली हो । उसले ४ अंक बटुल्दै समूह विजेता बनेको हो । समूह ‘ए’ को शीर्ष टोली बागमतीले समान ४ अंक बटुल्दै आमीसँग बिहीबार पहिलो सेमिफाइनल भेट सुनिश्चित गरेको हो । मधेश समूह ‘सि’ को र एपिएफ समूह ‘बि’ को शीर्ष टोली हो । फाइनल शुक्रबार हुनेछ ।

यसैबीच, बुधबारको एकमात्र खेलमा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ ।

लिग चरणको अन्तिम खेलमा कोशीले आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी नीलोविरुद्ध ९ विकेटले जित हासिल गरेको हो । खेल जिते पनि कोशी घर फर्किएको छ ।

बुधबारको खेलमा कोशी प्रदेशले आयोजक नीलोलाई ९ विकेटले हराउँदै सान्त्वना जित हासिल ग¥यो

आयोजक नीलोले दिएको ६८ रनको झिनो लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७ दशमलब ४ ओभरमा पूरा गर्दै प्राप्त गर्न सफल भयो । टस जितेर फिल्डिङ रोजेको कोशीले आयोजक नीलोलाई १७ दशमलब ५ ओभरमा ६७ रनमा रोक्न सफल भयो । ओपनर रोनिम तिवारीलाई फिर्दोेश अन्सारीले शून्य रनमा पेभिलियन फर्काएपछि आयोजक निलो दबाबमा परेको थियो । अर्का ओपनर अर्जुन रायमाझीले व्यक्तिगत २४ रन जोडे । उनलाई सोनु मण्डलले आउट गरे । मेहुल श्रेष्ठ र अभय यादवले १०–१० रन र शुभम खनालले ९ रन जोड्नु बाहेक ४ जना खेलाडी डक आउट हुँदै पेभिलियन फर्किए ।

आयोजकलाई सस्तैमा समेट्न म्यान अफ दि म्याच समेत रहेका सवर्ण यादवले ३ विकेट हात पारे । कमल खत्री र फिर्दोश अन्सारीले समान २–२ विकेट लिए ।

जवाफी व्याटिङमा कोशीका लागि ओपनर सोनु अन्सारीले ३ चौका र ३ छक्का प्रहार गर्दै २२ बलमा ३५ रन बनाए । तेस्रो क्रममा आएका मिनाश थापाले ७ बलमा १८ रन बनाए ओपनर अंकित सुवेदी १४ रन जोडे । उनी शुभम् खनालको बलमा आउट भए ।

विजेताले ५ लाख नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २ लाख ५० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै म्यान अफ दि सिरिजले ३० हजार, बेस्ट ब्याटर र बलरले जनही २० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ टिमले भाग लिएकोमा ८ टिम घर फर्किसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width