पोखरामा एटिएम फोड्ने एक जना पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०८०
atm

पोखरा। पोखरा महानगरपालिका–८ सभागृह चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भारत बिहार घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २० वर्षीय बबि ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । ठाकुरले एटिएम मेसिनको पैसा

निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्‍याएको छ ।

उनको साथबाट पेचकस, रड र कैँची १÷१ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिइ चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ । भारत बिहार प्रदेश मोतिहारी जिल्लाका उनले पोखरामा सैलुन पसल चलाएर बसेको थिए ।

Related News

सम्बन्धित समाचार

  • ढाकाकुमार पक्राउ

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् ।…
  • श्रीमतीको हत्या

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरामा आफ्नै श्रीमतीको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका १, नौडाँडा…
  • आफ्नै पसलमा आगो लगाउने कारागार चलान

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउने कारागार चलान भएका छन् । शुक्रबार कास्की जिल्ला अदालतको आदेशले उनीहरु कारागार…
  • बाइक मोडिफाइ गर्ने कारबाहीमा

    आदर्श समाज सम्वाददाता भाद्र २, २०८१
    पोखरा, २ भदौ । पर्यटनको राजधानी पोखरामा होहल्ला मच्चाउँदै मोटरसाइकल हुइँक्याउने चालक धमाधम कारबाहीमा परेका छन् । कास्की प्रहरीले ५ दिनभित्रमा…
  • पैसा माग्दा नदिएपछि हत्या

    नवराज पहाडी श्रावण ३१, २०८१
    लमजुङ । गत मंगलबार राति बेसीशहर नगरपालिका–११, हटियाबगैंचा गाउँकी ६२ वर्षीया वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ…

hero news full width