तस्बिर : रासस
पोखरा । मित्रराष्ट्र चीनले भूकम्पपीडितका लागि २८ करोड रुपैयाँको राहत पोखरा विमानस्थलमा झारिदिएको छ । बुधबार बिहान चिनियाँ सेनाको २ वटा एयरक्राफ्टमार्फत राहत सामग्री ल्याइएको हो ।
उक्त सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरियो । चिनियाँ राजदुत छन सोङले विमानस्थलमा जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि उपप्रधानमन्त्री श्रेष्ठलाई सामग्री हस्तान्तरण गरे । २ एयरक्राफ्टबाट ४ हजार ६ सय ब्लाङ्केट र ६ सय वटा टेन्ट ल्याइएको हो । निकै महँगो मूल्यका सामग्री नेपाललाई चीनले हस्तान्तरण गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । राहत समाग्री बुझेपछि उनले चिनियाँ सरकारलाई सहयोगका लागि धन्यवाद दिए । उनले नेपाल र चीन ऐतिहासिक मित्र देश भएको र दुबै एकअर्काको दुखमा सहयोग गर्ने गरेको भन्दै यो सहयोगले मित्रतालाई झनै पुष्टी गरेको बताए । प्राप्त सामग्री छिटोभन्दा छिटो पीडितसम्म पु¥याउने प्रतिबद्धता जनाए । ‘अहिले मित्रराष्ट्रले सहयोग पठाइरहेका छन् । नेपालगञ्जमा भारतले हस्तान्तरण गरेको सामग्री जाजरकोट लगिसक्यौं,’ उनले भने, ‘चीनले गरेको सहयोग सामग्री पनि तत्काल पीडितसम्म लैजान्छौं ।’ सामग्री पोखरामै सुरक्षित राखिएको छ ।
चीनले पोखरामा झारेको सामग्री एपिएफको सुरक्षामा ट्रकबाट जाजरकोट र पश्चिम रुकुम लगिने उनले जानकारी दिए । पहिलो चरणमा उद्धार सम्पन्न भएको र दोस्रो चरणमा राहत सामग्री वितरण गरेपछि तेस्रो चरणमा पुनर्निर्माण र पुनस्र्थापनामा लाग्ने श्रेष्ठको भनाइ थियो ।
उता, केरुङ नाका हुँदै चीनले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पनि पठाएको छ । उक्त सामग्री काठमाडौं पुगिसकेको छ । २ हजार ३ सय टेन्ट, २ हजार ब्लाङ्केट, ७ सय टर्पलिन, ५ सय वटा महामारी रोक्ने स्पेयर र लामखुट्टे मार्ने साढे १० हजार थान औषधी छन् । हालसम्म चीनले ४० करोडभन्दा बढीको सहयोग पठाएको छ । सामग्री हस्तान्तरण गर्दे राजदूत सोङले भूकम्पले पारेको क्षतिप्रति दुख व्यक्त गरे । नेपालको पीडामा चीन सँगै रहेको उनले बताए ।
चिनियाँ जहाज पोखरा किन ?
धेरैको शंका छ कि पोखरामा चिनियाँ पक्षको अनावश्यक चहलपहलले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधा परिरहेको छ । विमानस्थल निर्माणको ठेक्का सम्झौतादेखि हालसम्म पनि दक्षिण र पश्चिमतर्फका राष्ट्रहरु खुलेर पोखराको पक्षमा बोलेका छैनन् । भारतले पोखराबाट हुने उडानको रुटमै आनाकानी गरेको छ । पटक–पटक चिनियाँ पक्षले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाका रुपमा विमानस्थललाई अथ्र्याएपछि अन्य देशहरु झनै हच्किएका छन् ।
त्यसैलाई सघाउ पुग्ने गरी बुधबार चीन सरकारले २ वटा सेनाको जहाजमार्फत जाजरकोट भुकम्पका पीडितलाई राहत सामग्री पोखरामा झारिदियो । काठमाडौं वा भैरहवा लैजानुपर्ने जहाज पोखरामा अवतरण गरेर चीनले भूराजनीति दृष्टिलाई अझै टेवा दिएको बुझक्कडहरु बताउँछन् । ‘विपद्मा राहत सहयोग गर्नु मानवीयताको विषय हो । तर पोखरामा जहाज ल्यान्ड किन भन्ने प्रश्न अझै बढी आएको छ,’ परराष्ट्र मामिलाका एक जानकार भन्छन्, ‘यसले फेरि एकपटक पोखरा विमानस्थल सञ्चालनमा बाधा पु¥याउने काम गरेको छ ।’
गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने राहत सामग्री ल्याउनुलाई भूराजनीतिसँग जोड्न नहुने बताउँछन् । ‘सशंकित हुनुपर्ने अवस्था छैन । यसलाई शक्ति संघर्षसँग बुझ्नु हुँदैन,’ उनले भने, ‘उहाँहरुले पोखरा एयरपोर्ट नजिक छ भनेर यहाँ ल्याउनुभएको छ । पहिले पनि आएको भएर पोखरालाई सहज मान्नुभएको हो । त्यही भएर हामीले वेलकम गरेका हौं, अन्यथा लिनु हुँदैन ।’ उनले मित्रराष्ट्रहरुबाट नेपालप्रति सद्भाव राखेर भ्रमण हुनु राम्रो पक्ष भएको र नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिलाई नभुल्ने बताए ।
Related News
सम्बन्धित समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
पर्यटन बसपार्क जिम्मा ए वानलाई
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०