भीमादमा ट्याक्टरबाट खसेर १ पुरुषको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०८०
accident

पोखरा ।  तनहुँमा ट्याक्टरबाट खसेर सोमबार बिहान १ पुरुषको मृत्यु भएको छ । भिमाद नगरपालिका– ६ का जलौदीका बर्ष ३३ को मीन बहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिमाद–६ स्थित जनज्योति माध्यमिक विद्यालयबाट भिमाद बसपार्क जाँदै गरेको ग १ त ४४४६ न।को ट्याक्टरमा सवार सार्की ट्याक्टरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

ट्याक्टरबाट एक्कासि खसेर गई गम्भीर घाइते भएकोले सार्कीलाई तत्काल उपचारको लागी शुक्ल गण्डकी नगरपालिको बेल चौतारा स्थित गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्र पठाएकोमा  उपचारको क्रममा मृत्यु भएको प्रनाउ खाँडले बताए  । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width