मधुमेह र टिजीको निशुल्क जाँच

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०८०
url camp (2)

पोखरा । पोखरा बिरौटास्थित घारीकुलो बचत तथा ऋण सहकारीको आयोजना शनिबार मधुमेह तथा रगतमा हुने खरा बोसो (टिजी) को निशुल्क जाँच गरिएको छ ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी बिरौटा शाखाको प्राविधिक सहयोगमा भएको शिविरमा २ सय ७ जनाले उक्त सेवा लिए ।

कार्यक्रममा वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले स्वस्थ जीवन सबैभन्दा ठुलो सम्पत्ति भएको उल्लेख गर्दै रोग लाग्नै नदिन उचित जीवन शैली र बेला बेलामा परीक्षण गर्न आग्रह गरे । रोग लागिहाले समयमै उपचार गर्न र जीवनशैली, खानपिनमा परिवर्तन गर्न आग्रह गरे ।

सो अवसरमा थाइराइडको रगत जाँचमा ६० र अन्य अरु सबै प्रकारका जाँचमा ५० प्रतिशत छुट दिइएको थियो ।

युआरएल बिरौटा अध्यक्ष विमला भण्डारीले सहकारी, सामाजिक संघ, संस्थाले स्वास्थ्यमा चासो दिएर यसखालका कार्यक्रम गर्नु निकै सकारात्मक कुरा भएको जनाइन् । युआरएलले व्यवसायमात्र नभई सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरी प्रदेशकै अग्रणी प्रयोगशालाको दायित्व निर्वाह गरिरहेको उनको भनाइ छ ।

सहकारीका अध्यक्ष पुरन गिरीको अध्यक्ष्तामा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष कुमार बस्नेत, सचिव पवित्रा सुवेदी भण्डारी, कार्यक्रम संयोजक द्रौपदी बराल आचार्य लगायतले बोलेका थिए ।

युआरएलले नेपालीका मुख्य चाडपर्वलाई मध्यनजर गरी चाडपर्व विशेष अफरमा २० शाखाबाटै छुट दिएको युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला बताउँछन् । युआरएलले स्थापनाकालदेखि नै आफैं र विभिन्न संघसंस्था सहकार्यमा अहिलेसम्म डेढ सयभन्दा बढी निशुल्क शिविर आयोजना गरिसकेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width