भूकम्प प्रभावितका लागि पोखरा महानगद्वारा ५० लाख सहयोग, १७ जनाको उद्धाटोली घटनास्थलतर्फ

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०८०
bhukampa help pokhara a
पोखरा । जाजरकोट र रुकुममा भूकम्पका कारण सिर्जित ह्दयबिरादक घटनामा राहत तथा उद्धारमा विशेष सहयोग पुर्याउन पोखरा महानगरपालिकाको टिम वडा अध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्धारका सामाग्री सहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । २ वटा सानो गाडी र १ ट्रक सहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने मेयर धनराज आचार्यले बताए ।  टोलीले राहत सामग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्याङ्केट र औषधी एवं उपचारका आवश्यक सामाग्री लिएर गएको छ ।
पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्य हरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी  १३ लाख १५ हजार र अन्य जनप्रतिनिधि एवं कर्मचारी हरुको स्वछिक सहयोग र नपुग रकम महानगरपालिकाको बिपद कोष बाट खर्च बेहोर्ने गरी  ५० लाख बराबरको राहत सहयोग प्रदान गरिने मेयर धनराज आचार्यले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width