जाजरकोट भूकम्पमा नलगाड नगरपालिका उपमेयर सरीता सिंहको निधन

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०८०
sarita-03112023102216-1000×0

पोखरा ।  जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको निधन भएको छ । बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ

नलगाड नगरपालिकाकी उपप्रमुखको सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो । उनी गत चुनावमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

जाजरकोट केन्द्र बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । सुतिरहेको बेला भूकम्प गएकाले धेरै जना घर बाहिर निस्कन पाएका थिएनन् । सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width