पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक असईको मृत्यु भएको छ । प्रसनी टिकाराम ढुंगानाको मृत्यु भएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्पमा खटिएका ढुंगानाको लेक लागेर मृत्यु भएको बताइएको छ । उनी ११ कार्तिकमा बेसक्याम्पमा गएका हुन् ।
घान्द्रुक प्रहरी चौकीका इन्चार्ज रहेका ढुंगानाले आर्मी र प्रहरीको टोली लिएर एबिसी गएका थिए । गुटेरेसको भ्रमण सकिएपछि असई ढुंगाना सहितको सुरक्षा टोली पैदल हिँडेर पोखरा फर्किंदै थिए ।
ढुंगाना अन्नपूर्ण गाउँपालिका–११ स्थित हिमालयन होटलमा बसेका थिए । बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि एयर डाइनेस्टिको हेलिकप्टरमार्फत उनलाई पोखरा ल्याएको एसपी थापाले बताए । उनी भन्छन्– ‘उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन् ।’
ढुंगाना पर्वतको मोदी गाउँपालिका–६ का स्थानीय हुन् ।
Related News
सम्बन्धित समाचार
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
hero news full width
मुख्य समाचार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१मिस मगरमा म्याग्दीको वर्चश्व
भाद्र २३, २०८१