पुम्दीभुम्दीमा बाटोबाट गाडी खस्दा ३५ घाइते, ७ को अवस्था गम्भीर

आदर्श समाज सम्वाददाता
कार्तिक १२, २०८०
accident

पोखरा । पोखराको छोरेपाटनबाट विश्व शान्ति स्तूप जाँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ३५ जना घाइते भएका छन् । ग१ख ८५८५ नम्बरको बस घैयाखेत भन्ने ठाउँमा पुगेपछि बाटोबाट तल खसेको थियो ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ ।

घाइते सबैलाई अस्पताल लगिसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए । उनका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै