जोजिजू म्युजिकल जर्नीमा २ गीत लोकापर्ण

आदर्श समाज सम्वाददाता
असाेज २८, २०८०
song lokarpan (1)

पोखरा । विनोद बानियाँको संगीत र राजाराम पौडेलले रचना गरेका ‘साना बाबु नानी हामी’ र ‘हामी गीत गाउँछौं’ गीत आइतबार पोखरामा लोकार्पण गरिएको छ । जोजिजू म्युजिकल जर्नी २०८० कार्यक्रमको आयोजना गरेर लोकापर्ण गरिएको हो । जोजिजू म्युजिक सेन्टरको प्रस्तुतिमा निर्माण भएका दुवै गीत कवि एवं संस्कृतीकर्मी तीर्थ श्रेष्ठले लोकापर्ण गरेका हुन् ।

पत्रकार समेत रहेका पौडेलको रचना र गायक समेत रहेका बानियाँको संगीत रहेको ‘साना बाबु नानी हामी’ बोलको बाल गीतमा आवाज उत्पेरणा जोजिजूको रहेको छ । राजेश विष्टले एरेन्ज गरेको गीतको मिक्सिङको जिम्मेवारी बार डिजिटल स्टुडियोमा बुद्धराज ब्रजाचार्यले पूरा गरें । गीतको म्युजिक भिडियो नेत्र गुरुङले निर्देशन तथा सम्पादन तयार भएको छ । पोस्ट प्रोडक्सनको काम नेत्र इन्टरटेन्मेन्ट गरिएको भिडियोको छायाकंन दिपेश केसीले गरेका हुन् ।

यसैगरी पौडेलको रचना र बानियाँकै संगीत रहेको ‘हामी गीत गाउँछौं’ बोलको गीतमा विनित जोजिजू, सानु जोजिजू, उत्प्रेम जोजिजू र उत्प्रेरणा जोजिजूको आवाज सुन्न पाइन्छ । राजेश विष्टले एरेन्ज गरेको गीतको मिक्सिङ बार डिजिटल स्टुडियोमा बुद्धराज ब्रजाचार्यले गरेका हुन् । गीतको म्युजिक भिडियो रोहन नेपालीले निर्देशनमा तायार भयो । सम्पादन र पोष्ट प्रोडक्सनको काम अर्को प्रोडक्सनमा गरिएको गीतको छायाकंन सुवास सुवेदीले गरेका छन् ।

जोजिजू म्युजिक सेन्टर तथा म्युजिक स्कुलका प्रबन्ध निर्देशक विनित जोजिजुको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृतीकर्मी तीर्थ श्रेष्ठ, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, संगीतकार विनोद वानियाँ, रचनाकार राजाराम पौडेल, ग्लोबल कलिजियट स्कुलका प्रिन्सिपल बाबुराम पन्त, सञ्चारकर्मी सञ्जय कुमार मल्ल लगायतले लोकापर्ण गरिएका गीत तथा जोजिजू म्युजिकल जर्नीको बारेमा भनाइ राखे । उनीहरुले लोकार्पण गरिएका दुवै गीतले दर्शक स्रोता माया प्राप्त गर्ने विश्वास व्यक्त गरें ।

कार्यक्रममा सानु जोजिजु, उत्प्रेम जोजिजू, पप्पु थापा मगर, शंकर गुरुङ, विमल परियार, सागर गुरुङ र प्रविन सारु मगरले दसैं धुन तथा राग प्रस्तुत गरेका थिए ।

आज भन्दा २० वर्ष अगाडि स्थापना भएको सेन्टरले हरेक वर्ष घटस्थापनाको दिन पारेर म्युजिकल जर्नी कार्यक्रमको आयोजना गर्ने गर्दछ । कार्यक्रममा संगीत क्षेत्रमा रुचि राख्ने विभिन्न व्यक्तिको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width