पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा तयारी

आदर्श समाज सम्वाददाता
असाेज २८, २०८०
gumba (2)

पोखरा । पोखराको पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा गरिने भएको छ । बैदाम तामाङ सेवा समाज र नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले आयोजना गर्न लागेको उक्त कार्यक्रमलाई गुम्बा राप्ने (प्राण प्रतिष्ठा) —२०८० नाम दिइएको छ । आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म हुने उक्त पूजामा धर्मगुरु ङिमा साङ्पो आठौं ज्याल्सा रिन्पोछेको उपस्थिति रहने छ । विश्व शान्ति पूजामा प्रज्ञा पारामिता र त्रिपिटक काग्युर पाठ वाचन हुने जानकारी गराइएको छ । १०८ जना लामा गुरुबाट लगातार ८ दिनसम्म पूजा चल्नेछ ।

पूजामा संलग्न भई पाठ वाचन गर्दा मानव जाति र पृथ्वीको सबै प्राणीहरुको कल्याण हुने धार्मिक विश्वास रहेको नेपाल तामाङ लामा घेदुङका केन्द्रीय अध्यक्ष पाल्छेन लामाले बताए । मंसिर २ गते शान्तिको दिप प्रज्वलन (कु राप्ने) बुद्ध प्रतिमाको प्राण प्रचिष्ठा ८ दिने बुद्ध वाचन त्रिपिटक (काग्युर पाठ)महायज्ञ विश्व शान्ति पूजाको ब्यानर उद्घाटनसहित ताम्बाले डम्फु, टुङ्ना, गीतले स्वागत गर्ने र लामा गुरुहरुबाट (बार्छे सिल्नोन) शान्तिको नृत्य, रिन्पोछे धर्म गुरुबाट दिर्घायुको अभिषेकको साथ औपचारिक कार्यक्रम प्रारम्भ हुने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी गराए ।

मंसिर ४ गते विश्व ग्रहशान्ति पूजा हुनेछ । मंसिर ६ गते विश्व शान्ति रिवासाङ्ग, लामाछाम धर्मपाल गणचक्र पूजा धर्मगुरु ङिमा साङ्पो आठौं ज्यालसा रिन्पोछेद्वारा हुने जनाइएको छ । मंसिर ७ र ८ गते सम्पूर्ण लामा गुरुहरु वाङ्लु रिन्पोछेद्वारा पूजा हुनेछ । मंसिर ९ गते भने उपस्थित भक्तजनहरुलाई ङिमा साङ्पो ज्यालसा रिन्पोछेद्वारा छेरिङ्ग वाङ आर्शिवाद प्राप्ती हुने आयोजकले जनाएको छ ।

बुद्ध वाचन, आर्य तारा (डोल्मा),तनागोसुम पूजा, गण चक्र (रिव साङ) पूजा, लामा छ्याम (लामा नृत्य), राप्ने (प्राण प्रतिष्ठा), वाङ (अभिषेक) लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।

असोज महिनामा तामाङ समुदायले म्हेनिङ्ग चाड मनाउँदै आएको नेपाल तामाङ्ग घेदुङका पूर्व अध्यक्ष धनप्रसाद तामाङले जानकारी गराए । उनका अनुसार उक्त चाड मनाउँदा प्रकृति पूजा र कुल वंश पूजा गर्ने प्रचलन छ । प्रत्येक ९ महिनामा उक्त चाड मनाइन्छ । संसारमा ज्ञानको सन्देश प्रवाह गर्नका लागि उक्त पूजा गरिने उनले बताए । यो प्रकृति, संसार र भूमीलाई सम्झिने पूजा भएको उनले उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width