कृषिका र करिना बने गण्डकी स्टार

आदर्श समाज सम्वाददाता
असाेज २८, २०८०
gandaki star wiiner photo

पोखरा । गण्डकी स्टार सिजन ४ को उपाधि गायनतर्फ कृषिका बी घिमिरे र नृत्य तर्फको उपाधि करिना गहतराजले जितेकी छन् । उपाधिसँगै दुवैले नगद २०÷२० हजार रुपैयाँ र ट्रफी हात पारे ।

नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा शनिबार पोखरामा भएको अन्तिम प्रतिस्प्रधामा दुवैतर्फ ४÷४ जना सहभागीलाई पछि पार्दै उनीहरुले उपाधि जित्न सफल भएको कार्यक्रम व्यवस्थापक रोहन गुरुङले बताए ।
कृषिका पोखराको सगरमाथा निकेतन कक्षा ९ मा र करिना पोखराको विन्ध्यवासनी माविमा अध्ययनरत छन् । गायनतर्फ रोहित विक दोस्रो, महिमा खड्का तेस्रो दीपक परियार चौथो र कृपा गुरुङ पाँचांै भए भने दोस्रोले नगद १० हजार र ट्रफी तेस्रोले नगद ५ हजार र ट्रफी जित्न सफल भए ।

नृत्यतर्फ समिर विश्वकर्मा दोस्रो, रितु क्षेत्री तेस्रो, सिमा सुनार चौथो र पूजा बस्तोला पाँचौं भए । प्रतियोगिताको बेस्ट प्रफमर दीपक परियार भए भने दर्शकको रोजाइमा कृपा गुरुङले स्थान बनाइन् ।

गायन तर्फको निर्णयकमा विनोद बानिया, आरजु बिष्ट सल्यानी र सबिना सुनाम थिए । त्यस्तै नृत्य तर्फको निर्णायकमा महेश गोदार, मीलन नेपाली, रोशनी छिनाल थिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले बालबालिकाको प्रतिभा देखेर आफू प्रफुलित भएको बताए । यस्ता कार्यक्रमले बालबालिकाको लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रम निर्देशक देवेन्द्र शाहीले बालबालिकाको प्रतिभा उजागर गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width