मन्टेसरी चाइल्ड ट्यालेन्ट सो हुँदै

आदर्श समाज सम्वाददाता
असाेज १७, २०८०
Montessori press meet photo

पोखरा । पोखरामा असोज १९ गते तेस्रो मन्टेसरी चाइल्ड ट्यालेन्ट सो हुने भएको छ । मन्टेसरी एसोसिएसन कास्कीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको हो।

पोखरा सभागृह हलमा आयोजना हुने ट्यालेन्ट शोमा पोखरामा रहेका ३२ मन्टेसरीका ४ सय ४० जना बालबालिकाहरुको सहभागिता रहने अध्यक्ष शान्ति बास्तोलाले बताइन् । उनका अनुसार एसोसिएसनमा ४८ मन्टेश्वरी स्कुल आबद्ध छन् ।

मन्टेसरीमा भएका बालबालिकाको प्रतिभा प्रस्फुेटन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । मन्टेसरी चाइल्ड केयर गर्ने संस्था मात्रै नभई शिक्षा दिने संस्था पनि भएको सन्देश प्रवाहका लागि ट्यालेन्ट सोको आयोजना गरिएको उनको भनाइ थियो ।

कार्यक्रमकी संयोजक रिता पौडेलले ट्यालेन्ट शोमा ३२ आइटम प्रस्तुत हुने बताइन् । एकैपटकमा बढीमा १६ जना बालबालिकाले प्रस्तुति राख्ने उनले खुलाइन् । संस्थापक अध्यक्ष अरुणा शेरचनले साना बालबालिकाहरुमा पनि प्रतिभा हुन्छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको बताइन् ।

कार्यक्रम सहसंयोजक विष्णु घिमिरेले एसोसिएसनको नियमित कार्यक्रम अन्तरगतनै कार्यक्रम आयोजना गरिएको बताए । उनले यस कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाए । ट्यालेन्ट सोमा पुरस्कारको भने व्यवस्था गरिएको छैन । कार्यक्रममा बालबालिकाले गायन, चित्रकला, नृृत्य, अभिनय तथा नयाँ अन्य प्रतिभा समेत प्रस्तुत गर्न पाउनेछन् ।

६ वर्ष मुनिका बालबालिकाको सहभागिता रहने गरी कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम सफल बनाउनको लागि मुल आयोजक समितिसँगै विभिन्न उपसमिति समेत बनाइएको छ । सन् २००० बाट कास्कीमा मन्टेसरी स्कुल सञ्चालन भएता पनि २०७२ सालमा मात्रै मन्टेसरी एसोसिएसन कास्की नामक संस्थाको स्थापना भएको आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post